‘ए’ डिभिजन लिग : आज आठौं चरणका खेल हुँदै


२६ पुष २०७८, सोमबार
A division 8dX15b7ms1

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलमा आज (सोमबार) नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दै छन् ।

खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औं स्थानमा छ । यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औं स्थानमा छ ।

यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो । थ्री स्टारका लागि घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने एक गोल भने आत्मघाती उपहार पाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७