गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ


२६ पुष २०७८, सोमबार
hfdfa eSMRwZtZlj

स्याङजा । स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला -१ कालिखर्क जङगलमा यही पुस २० गते राति कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला-०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धनबहादुर विकलाई पक्राउ गरिएको छ ।

त्यस्तै सोही ठाउँका बर्ष २४ को गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । पक्राउ परेकालाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७