काठमाडौंमा टिपर र मोटरसाइकलले ठक्कर दिंदा दुई पैदलयात्रीको मृत्यु


२६ पुष २०७८, सोमबार
49 Shares
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं । काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो । विकलाई काठमाडौंको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गए राति टिपरले ठक्कर दिएको हो ।

२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । यस्तै गौतमलाई काठमाडौंको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७