साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’


२६ पुष २०७८, सोमबार
corona virus GHNF0NtfDF

काठमाडौं । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ ।’

कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७