एमाले अधिवेशन : ३८ जिल्लामा छानियो नेतृत्व, कहाँ को अध्यक्ष ? (सूचीसहित)


२६ पुष २०७८, सोमबार
uml kathmandu convention 5 EEk0k8pZdN

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ३८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । गत शुक्रबार एकसाथ एमालेले ६३ जिल्लाको अधिवेशन गरेको थियो ।

अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् । केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ । जसअनुसार देशका ३६ भौगोलिक र २ गैरभौगोलिक जिल्लामा नेतृत्वको टुंगो लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यी हुन् नयाँ अध्यक्ष
१.झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७.बा‘के- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८, रसुवा- कणर्ेल लामा
१९. नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पा‘चथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर-एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०.भोजपुर- शरण राई
३१. बैतडी-सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३३. काठमाडौं-दीपक निरौला
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५.सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम-महेश बस्नेत
३६. बाग्लुङ-हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७