दाङमा बस दुर्घटना हुँदा नौं महिने शिशुको मृत्यु, नौं जना घाइते


२६ पुष २०७८, सोमबार
thumb 1 5

दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको सिसहनियाामा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा नौं महिने शिशुको मृत्यु भएको छ ।
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस राप्ती गाउँपालिका-५ सिसहनियामा दुर्घटना हुँदा भारत मोतीहारका असिर आलमका छोरा नानु आलमको मत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसमा सवार अन्य नौं यात्रु घाइते भएका छन् । वीरगन्ज उपमहानगरपालिका-१६ पर्साका ३५ वर्षीय रतन शाही, पूर्वाह गाउँपालिका-६ रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत बिहारका ४० वर्षीय सन्सात खातुन, एन्डिल आलम र छिन्चु नगरपालिका-९ सुर्खेतका १७ वर्षीय दिलबहादुर क्षेत्री घाइते भएका छन् ।

यसैगरी गेरुवा गाउँपालिका-१ बर्दियाका ३८ वर्षीय पूणर्प्रसाद पाण्डे, कोहलपुर नगरपालिका-१८ बाँकेकी ३५ वर्षीया शान्ता वली, तातोपानी गाउँपालिका-७ हुम्लाका ४५ वर्षीय धनबहादुर रावत र ५२ वर्षीय गोरख रावत घाइते भएका छन् । घाइते सबै लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो । बस चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७