दिल्ली प्रहरीका तीन सय बढीमा कोरोना संक्रमण


२६ पुष २०७८, सोमबार
863179 mumbai police

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच दिल्ली प्रहरीका ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको पाइएको छ । यसमा दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी र क्राइम ब्राञ्चका एसपी पनि सामेल छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार वरिष्ठ अधिकारीले ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको र फोर्सभन्दा अलग युनिटबाट रहेको र हाल क्वारेन्टिनमा रहेको बताएका छन् । दिल्ली प्रहरीमा हाल ८० हजार प्रहरी रहेका छन् ।

हालैमात्र दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्ट्यान्डर्ड अपरेटिङ प्रासिजर जारी गरेका थिए । त्यसमा प्रहरी फ्रन्टलाइनमा काम गर्ने र जनताको बीचमा सेवा दिने भएकाले कोरोनाबाट बच्न सुरक्षाका कदम अपनाउन भनिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७