घट्यो सुन-चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२६ पुष २०७८, सोमबार
gold

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७