जबरजस्ती करणीको आरोपमा काठमाडौंबाट एक जना पक्राउ


२६ पुष २०७८, सोमबार
pakrau
फाइल फोटो

काठमाडौं । एक ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंको लगनबाट एक जनालाई पक्राउ गरेको छ । भारत सीतामणि घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७