मुलुकले अब कुनै हालतमा लकडाउनको बाटो रोज्नु हुँदैन : अर्थमन्त्री शर्मा


२६ पुष २०७८, सोमबार
janardan 5dMr6JfVLA

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकले अब कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन् । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरे पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए ।

अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माले भने ।

यस्तै, तरलता अभावकै बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा समेत कमी गर्न मन्त्री शर्माले निजी क्षेत्रसँग आग्रह गरे । जहाँ पुँजीगत खर्चको कुरा छ, त्यसमा अन्य मन्त्रालयहरुले खर्च नगरिदिँदा, कमजोर र धीमा कर्मचारीतन्त्रका कारण समस्या परिरहेको मन्त्री शर्माले बताए । यसमा अर्थ मन्त्रालयको निकै जोडबल रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७