शिक्षामन्त्री पौडेल पनि आइसोलेसनमा


२६ पुष २०७८, सोमबार
debendra paudel

काठमाडौं । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पौडेल आइसोलेसनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएको र आरटी-पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए । कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७