प्रतिनिधिसभाको बैठक फेरि सारियो


२६ पुष २०७८, सोमबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो । त्यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।
हेर्नुस् सूचना

p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७