लेवनानमा रहेको नेपाली शान्ति सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट


२६ पुष २०७८, सोमबार
nepal army labnon2022 01 10 02 57 17

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि लेवनानमा रहेको नेपाली सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट भएको छ । शान्ति सेनाको ६२ औं डफ्फा उक्त मिसनमा तैनाथ अन्य १० राष्ट्रका गणहरूमध्ये सर्वोत्कृष्ट भएको नेपाली सेनाले जनाएको छ ।

फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड- १९ महामारीमा आठवटै पालिकामा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकाहरूमा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्बर्द्धन, गुणस्तरीय डेन्टल सेवा, विद्यालयहरूमा स्टेसनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैँचाहरूको मर्मत-सम्भार गरेको थियो ।

स्थानीय व्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण सम्पन्न गरेको थियो । यसका अलावा उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्याउँदाको दौरान विगतको अनुभवबाट पाठ सिक्दै सम्भावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी सशस्त्र बल तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी मिसनको इतिहासमै पहिलोपटक जैतुन बाली भित्र्याउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूणर् रूपमा सम्पन्न गरेको नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७