शेयर बजार दोहोरो अंकले बढ्यो, सात अर्बको कारोबार


२६ पुष २०७८, सोमबार
share

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ । आइतबार ७३ अंकले बढेको नेप्से सोमबार भने १९.४३ अंकले बढेको हो । सो अंकको वृद्धिसँगै परिसूचक २७८४ अंकमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ ।

दिनभर ७ अर्ब १२ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि आइतबार ७ अर्ब १० करोडको कारोबार भएको थियो । कुल ७० कम्पनीको सेयर मूल्य घट्यो भने १११ को बढ्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

उपसमूहगत रुपमा हेर्दा यस दिन बैंकिङ १५, होटल तथा पर्यटन ३७ र उत्पादन ४७ अंकले घटे । विकास बैंक ३७, फाइनान्स ७८, जलविद्युत ४०, जीवन बीमा २१८, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १९०, अन्य ११३ र ब्यापार उपसमूह ५७ अंकले बढेका छन् । मध्यभोटेकोसी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७