स्थानीय तह प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र हुँदैछ : ओली

‘एमाले बाहेकका दलले वामपन्थी खोल मात्र ओढेका छन्’


२६ पुष २०७८, सोमबार
kp sharma oli 1

संखुवासभा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । संखुवासभामा ८औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् ।

‘चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने थियो तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ ।

चुनावतिर होइन,’ उनले भने, ‘स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबाउने र कर्मचारीमार्फत चलाउने त्यो षड्यन्त्र गर्दैछ जुन २०५९ सालमा पनि गरेको थियो । २०५९ सालमा चुनाव गराइएन जन प्रतिनिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए ।’ उनले एमालेमा सरकार नहुँदा स्थानीय तहको चुनाव गर्नका लागि २ दशक लागेको बताए ।
अध्यक्ष ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको बताएका छन् । उनले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुो खेमामा पुगेको आरोप लगाए ।

उनले देशमा परिवर्तन चाहने एक मात्रै वामपन्थी पार्टी एमाले भएको दावी समेत गरे । ‘वामपन्थीको खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी हो’, ओलीले भने, ‘वामपन्थी खोल ओडेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७