ललिता निवास जग्गा प्रकरणमा मुद्दा नचल्ने, सरकारी वकिलले फर्काइ दियो फाइल


२६ पुष २०७८, सोमबार
lalita niwas camp area WRt7CGDkEN 1

काठमाडौं । सरकारी वकिल कार्यालयले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई नै फिर्ता पठाई दिएको छ । ललिता निवास जग्गा प्रकरणमा अब मुद्दा दर्ता नहुने भएको छ ।

सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निणर्य भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिएका छन् । प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबारसम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्दा चल्ने भएकाले यसको हदम्याद भोलि (मंगलबार) नै नसकिने पौडेलले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई कीर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७