नेपालमा एकै दिन १,४४६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं उपत्यकामा मात्रै ८७६ संक्रमित थपिए


२६ पुष २०७८, सोमबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८,९६५ पीसीआर र २,४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १,४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,८५५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ । हाल ११३ जना क्वारेन्टाइनमा छन् । ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ८७६ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७