कस्तो रहला आजको मौसम ?


२७ पुष २०७८, मंगलवार
kuhiro baglung e1609730594362

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश-१ र प्रदेश-२ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ र बामकी स्थानहरूमा आंशिक बदली रहेको छ ।

आज (मंगलबार) देशभर आंशिक बदली रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश-१ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

त्यस्तै बुधबार प्रदेश-१ , प्रदेश-२, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । प्रदेश-१ , प्रदेश-२, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना साथै प्रदेश-१ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार भने देशभर आंशिक बदली रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७