भक्तपुरपछि आजदेखि काठमाडौं र ललितपुरका बालबालिकालाई खोप


२७ पुष २०७८, मंगलवार
khop balbalika

काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज (मंगलबार) देखि फाइजर खोप लगाइँदैछ ।
भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन शुरु भए पनि काठमाडौं र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

आजदेखि विद्यालय बन्द गर्ने सरकारले निणर्य गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ । पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् । काठमाडौंमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो खोप दिइएको छ । काठमाडौं उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाडौं र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो । काभ्रेमा पनि बालबालिकालाई खोप दिन शुरु भएको छ ।

चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिटै खोप लगाइने सरकारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७