टाउकोमाथि टाउको राखेर ५१ सेकेन्डमा १०० खुड्किला चढेर गिनिज बुकमा नाम


२७ पुष २०७८, मंगलवार
Sidi1641835395

काठमाडौं । भियतनामी दुई एक्रोब्याट दाजुभाइले एकआपसको टाउको जोडेर शारीरिक सन्तुलन मिलाउँदै एउटा स्पेनको चर्च बाहिरको भर्‍याङको १०० खुड्किला चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

सर्कसमा काम गर्दै आएका दाजुभाइ ३७ वर्षीय गियांग क्युओक र ३२ वर्षीय गियांग क्युओक न्हिएप गिरानास्थित सेन्ट मेरिज चर्चको खुड्किला चढेर यसअघि यसैगरी खुडकिला चढेरे नै कायम गरिएको कीर्तिमान तोड्न सफल भएका हुन् ।

उनीहरूले त्यहाँ ९० खुडकिला मात्र भएकाले आयोजकहरूले आफ्ना प्रस्तुतिका लागि चर्चमा १० वटा खुडकिला थपेको बताएका छन् । पहिलाका खुडकिला भन्दा फरक पदार्थबाट बनाइएका ती थपिएका खुड्किलाको उचाइँ पनि फरक रहेको छ ।

गियांग क्युओकले भिएन एक्सप्रेसलाई बताएका छन्, ‘ती नयाँ बनाइएका सिँढीका खुडकिलामा हामीले अभ्यासै गर्नै पाएनौं । हामीले आफ्नै अनुभव प्रयोग गर्‍यौँ । श्वासप्रश्वास कार्यलाई स्थिर राख्दै हल्का गतिमा हामी फिनिस लाइनमा पुग्न सफल भयौं ।’ उनीहरूले यो काम केवल ५३ सेकेन्डमा पूरा गरेका थिए ।

सन् २०१६ मा उनीहरूले सोही चर्चको ९० वटा खुड्किला चढेर वर्ल्ड गिनिज रेकर्ड राखेका थिए । सन् २०१८ मा पेरुभियन एक्रोवेटद्वय पाब्लो नानातो पान्डुरो र जोयल याइकेट साभेड्राले ९१ खुडकिला चढेर उनीहरूको कीर्तिमान तोडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७