उत्तर कोरियाले गर्‍यो एकाविहानै ब्यालिस्टक मिसाइल परीक्षण


२७ पुष २०७८, मंगलवार
north korea

काठमाडौं । उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले बताएका छन् ।

स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल हुनसक्ने दक्षिण कोरियाका सैन्य प्रमुखको कार्यालयले जनाएको छ ।

यस्तै जापानी कोस्ट गार्डले पनि ब्यालेस्टिक मिसाइल जस्तो देखिने परीक्षण उत्तर कोरियाले गरेको जनाएका छन् । उक्त मिसाइल जापानको एक्सक्लुसिभ इकोनोमिक जोन भित्र खसेको पनि क्योदो न्युज एजेञ्सीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किसिदाले उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्नु चिन्ताको विषय भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिका, जापानलगायत ६ राष्ट्रले गत साता कोरियाली प्रायद्विपलाई अस्थिर बनाउने गतिबिधि नगर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति निकालेपछिको यो पहिलो परीक्षण हो ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले उत्तर कोरियाको गतिविधिले क्षेत्रीय सुरक्षालाई अस्थिर बनाएको प्रतिक्रिया दिएकी छन् । उत्तर कोरियाली नेता किम जोङ उनले भने अन्तर्राष्ट्रिय समुदायको चिन्ताको बेवास्ता गर्दै आफू देशको प्रतिरक्षा प्रणालीलाई मजबुत र अत्याधुनिक बनाउन प्रतिवद्ध रहेको बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७