त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द, स्वागत र विदाइमा नआउन आग्रह


२७ पुष २०७८, मंगलवार
airport 3
फाइल फोटो

काठमाडौं । कोभिड-१९ को बढ्दो संक्रमणसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । कोभिड-१९ को जोखिम समेतलाई मध्यनजर गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको छ ।

यस्तै, विमानस्थल कार्यालयले अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नजान आग्रह गरेको छ । ‘यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआइदिन यस कार्यालयबाट पटक-पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन ।’

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ का विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरूमा कोभिड-१९ तीव्र रूपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरियन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरूलाई बचाउन विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिनुहुन विशेष अनुरोध गरिन्छ ।’

साथै, हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूणर् मापदण्डहरूको परिपालना गरी/गराई मात्र दैनिक हवाई सेवा सञ्चालन गर्न र गराउन सबै सरोकारवालाहरूलाई उड्डयन कार्यालयले आग्रह गरेको छ ।

pass

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७