प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित


२७ पुष २०७८, मंगलवार
271660443 295208909302163 7667084438404341850 n1641884834

काठमाडौं । अनुज चुनराको ४ विकेट तथा कप्तान रवीन्द्र शाहीको ३६ रनले प्रेरित कणर्ाली प्रदेशले मंगलबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर-१ लाई ३१ रनले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले १७.५ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा कणर्ालीको यो पहिलो जित हो । पहिलो खेलमा कर्णालीली १० खेलाडीमा खेलेको त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । प्रदेश-१ को भने यो पहिलो खेल हो ।

समूह ‘ए’मा लगातार दोस्रो जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ । समान दुई अंक जोडेको आर्मी र कर्णाली प्रदेश रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पुलिसले आजै आर्मीलाई ४ विकेटले हराएको थियो । कर्णालीका रवीन्द्र शाहीले ४१ बल खेलेर चार चौकासहित ३६ रन बनाए । प्रकाश जैशीले २८ बलमा दुई चौकासहित २५ रन जोडे । राज शाहले १५ र विपीन रावलले ११ रन बनाए । अरूले उल्लेख्य प्रदर्शन गरेनन् ।

प्रदेश-१ का मुकुन्द यादवले तीन विकेट लिए भने फिरदोश अन्सारीले दुई विकेट लिए । कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए । अनुजले ३.५ ओभरमा १६ रन दिएर चार विकेट लिएपछि प्रदेश-१ का कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । प्रदेश-१ का लागि फिरदोशले सबैभन्दा धेरै २३ रन बनाए । दिपेश कँडेल र सर्वन यादवले समान १५ रन बनाए । कप्तान सिद्धान्तले १४ रन जोडे । माथिल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कणर्ालीका अनुजबाहेक दिवन पुनले दुई विकेट लिए । अनुप कुँवर, प्रकाश जैशी र दिनेश अधिकारीले एक/एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७