लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना


२७ पुष २०७८, मंगलवार
lata mangeshkar hospitalized critical

मुम्बई । चर्चित भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । समाचार एजेन्सी एएनआईले उनकी भतिजी रचनालाई उद्धृत गर्दै संक्रमण भएपछि अस्पताल भर्ना गरिएको पुष्टि गरेकी छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

९२ वर्षीया मंगेशकरको उमेरको विचार गरेर मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको समाचारमा उल्लेख गरिएको छ । मंगेशकरले कैयौं नेपाली गीतहरूमा आवाज दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७