मन्त्री रामकुमारी झाँक्रीलाई मन परेको घर


२८ पुष २०७८, बुधबार
village

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पहाडको जङ्गलबीच रहेको साधारण घरको तस्बिर सार्वजनिक गर्दै आफूहरू त्यस्तै घरमा जन्मे/हुर्केको बताएकी छन् ।

एकीकृत समाजवादीकी नेता एवं मन्त्री झाँक्रीले मंगलबार राति सामाजिक सञ्जालमा जङ्गल क्षेत्रमा रहेको सामान्य घरको तस्बिर राख्दै त्यस्तो घर हावा ओहोरदोहोर हुने भएकाले स्वास्थ्यका लागि लाभदायक तथा बनाउन पनि धेरै खर्च नलाग्ने भएकाले आर्थिक हिसाबले पनि मितव्ययी हुने बताएकी छिन् ।

तर त्यो घर कुन ठाउँको र कसको घर हो, उनले खुलाएकी छैनन् । घरको तस्बिरसहित उनले लेखेकी छन्, ‘यस्ता घरहरू आर्किटेक्ट फ्याकल्टी कोर्समा पढाइ हुँदैन । यी घरहरू वातानुकूलित इकोफ्रेन्डली छन् । हामीमध्ये धेरै मान्छेहरू यस्तै घरमा जन्मे/हुर्केका हौं ।’
त्यसो त मन्त्री झाँक्री केही दिनयता आवास निर्माण योजनामा केन्द्रित भएकी छन ्। केही दिनअघि मन्त्री झाँक्री आवास निर्माणको सरकारी योजना कार्यान्वयन सिलसिलामा राउटे वस्ती पुगेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७