लागूऔषधसहित ६ युवा पक्राउ


२८ पुष २०७८, बुधबार
pakrau2022 01 11 06 03 01 JpBl2QPMCO

मकवानपुर । प्रहरीले मकवानपुरको हेटाैंडाबाट लागूऔषधसहित ६ युवालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका- ९ मास्टर चोकबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा सुनसरी घर भई हेटौंडा-९ मास्टरचोकमा डेरा गरी बस्ने २५ वर्षीय विशाल विक, सोही ठाउँ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौडा-१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ छन् ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले विशाल विकको कोठा चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

उनीहरुको साथबाट नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १ सय ४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ सय १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७