मन्त्री आले सवार गाडीलाई ठक्कर दिने कार चालक पक्राउ


२८ पुष २०७८, बुधबार
prem aale gadi E0mPq5biGF

कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मंगलबार धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडीलाई कारले ठक्कर दिएको थियो ।

उनी सवार सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई ठक्कर दिने बा ४ च १३७७ नम्बरको कारका चालक पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कडायतले हाँकेको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिनुअघि गाईलाई ठक्कर दिएको थियो । धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गर्दा आलेको गाडीलाई कारले हानेको हो । ठक्करले गाडी क्षतिग्रस्त भए पनि मन्त्री आलेसहित सबै जना सुरक्षित रहेको प्रहरीले जनाएको छ । गाडी दुर्घटनापछि मन्त्री आले अर्को गाडीबाट महेन्द्रनगर गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७