अफगानिस्तानलाई अमेरिकाको ३० करोड ८० लाख डलर सहयोग घोषणा


२८ पुष २०७८, बुधबार
PIXNIO 45211

काठमाडौं । अमेरिकाले अफगानिस्तानको लागि ३० करोड ८० लाख डलर सहयोग घोषणा गरेको छ । अमेरिकाले मानवीय सहायताको लागि उक्त सहयोग घोषणा गरेको हो।

तालिबानले नियन्त्रणमा लिएको पाँच महिनापछि अहिले अफगानिस्तान गम्भीर मानवीय संकटतर्फ उन्मुख देखिएको छ । अमेरिकाको ह्वाइट हाउसका प्रवक्त एमिली हार्नेले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यूएसएड) बाट यो सहयोग स्वतन्त्र मानवीय संगठनमार्फत दिइनेछ ।

यो रकम आवास, स्वास्थ्य, जाडोबाट बच्ने सहयोग, विपद खाद्य सहायता, पानी र स्वच्छताको क्षेत्रमा खर्च गरिनेछ । यूएसएडले तालिबानसँग सहायताकर्मी र विशेषगरी महिलालाई स्वतन्त्र र सुरक्षित तरिकाले काम गर्न दिन आग्रह गरेको छ ।

गत अगष्टयता अमेरिकाले अफगानिस्तानको लागि ७८ करोड डलर सहयोग घोषणा गरिसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानको ३ करोड ८० लाख जनसंख्यामध्ये २२ प्रतिशत भोकमरी र अन्य ३६ प्रतिशतले खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७