एमाले कास्कीको अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

जाजरकोटमा भाइलाई हराउँदै दाइ बने एमाले अध्यक्ष


२८ पुष २०७८, बुधबार
kaski

कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको मतदानमा विपक्षी दामोदर बैरागीलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

९२० मध्ये ८८५ मत खसेकोमा गुरुङले ४५६ मत प्राप्त गरे भने बैरागीले ४०७ मत पाए । निर्वाचित गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी यसअघि एमाले कास्कीको उपाध्यक्ष थिए ।

कास्कीमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि प्यानल नै बनाएर मतदान भएको थियो । १०औं जिल्ला अधिवेशन शुरू भएको पाँचौं दिनमा मंगलबार मतदान भएको हो । बुधबार विहानपदाधिकारीको मतगणना सकिएको थियो ।

कास्कीमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षधरबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचित गुरूङ पहिला खगराज पक्षधर नै भए पनि अहिले क्याम्प परिवर्तन गर्दै पृथ्वीसुब्बा प्यानलबाट चुनाव लडे । जिल्ला उपाध्यक्षमा पृथ्वीसुब्बा पक्षकै तेजनारायण अधिकारी निर्वाचित भए । उनीसँग खगराज पक्षकी प्रभा कोइराला प्रतिस्पर्धामा थिइन् । सचिवमा खगराज पक्षका बैनबहादुर अधिकारी, उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् ।

जाजरकोटमा भाइलाई हराउँदै दाइ बने एमाले अध्यक्ष
जाजरकोट ।
नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् ।

विजयी खीमबहादुरले कुल ४३३ मतमध्ये २१७ मत ल्याएर विजयी भए । करवीरले २१० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए ।
यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २२५ मत प्राप्त गरे । सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

गिरीले २१५ प्राप्त गरेका थिए भने खत्रीले १८६ मत प्राप्त गरेका छ्न् । यस्तै सहसचिवमा गोपालबहादुर नेपाली र नरबहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २४७ मत प्राप्त गरेका छ्न् ।
सहसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १०४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७