इण्डियन आइडल पवनदीपको काठमाडौंमा हुने कार्यक्रम स्थगित


२८ पुष २०७८, बुधबार
pawandeep dPT1ztWq7G

काठमाडौं । इण्डियन आइडल २०२१ विजेता पवनदीप राजनको काठमाडौंमा आयोजना हुने कार्यक्रम स्थगित भएको छ । यही पुस ३० गते हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम कोरोना संक्रमण बढेसँगै स्थगित भएको आयोजकले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकको भनाइ छ । कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सूचनापछि मात्र कार्यक्रमको तयारी हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७