गायक यम बरालले सुटुक्क गरे अर्को बिहे


२८ पुष २०७८, बुधबार
yam baral bihe2 MDu0vtRaGy

काठमाडौं । गायक यम बरालले सुटुक्क दोस्रो विवाह गरेका छन् । सन् २०११ मा आकृति राणासँग सम्बन्ध विच्छेद गरेका बरालले गुपचुप गरेको बिहे सञ्चारमाध्यमले खुलासा गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार गायक बरालले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । गीता कांग्रेस राजनीतिमा क्रियाशील छिन् गायक बरालले भने अहिले पनि दोस्रो बिहे गरेको कुरा स्वीकारेका छैनन् । तर उनीहरूबीच बिहे भइरहेको भिडियो नै सार्वजनिक भएको छ ।

yam baral bihe 1 waki2XY08o

प्रकाश सुवेदीद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम रजतपटले सार्वजनिक गरेको भिडियोमा उनीहरू दुलाहा र दुलहीका रूपमा नाचगान गरिरहेको देख्न सकिन्छ । गीता भखैरै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि बन्न बागमती प्रदेश अधिवेशनमा उम्मेदवार बनेकी थिइन् । तर उनी पराजित भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७