ताल्छिखेलमा कौडा खेलिरहेका सात जना पक्राउ


२८ पुष २०७८, बुधबार
Juwa Lalitpur 9.28 2078 uSpqFWcFmb

ललितपुर । ललितपुरको ताल्छिखेलबाट प्रहरीले सात जना जुवाडेहरुलाई पक्राउ गरेको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका-१५ ताल्छिखेलस्थित मनिष पण्डितले भाडामा लिएको घरमा कौडा खेलीरहेका सात जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेमा बारा घर भएका २४ वर्षीय रोशनकुमार शाह, चितवनका २९ वर्षीय विनोद नेपाल, ललितपुर घर भएका पवित्र महर्जन र महेश श्रेष्ठ छन् ।

धादिङ घर भएका २४ वर्षीय मनिष पण्डित, ललितपुर घर भएका ४१ वर्षीय विकाश शाक्य र ३२ वर्षीय सुमन महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जुवा खालबाट १ लाख १३ हजार नगद र १६ वटा कौडा बरामद गरेको छ । अदालतबाट ७ दिनको म्याद लिएर आरोपीहरुबारे अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७