नेपाली परम्परागत गहना अन्तर्राष्ट्रिय बजार पुर्‍याउन गृहमन्त्री खाँणको आग्रह


२८ पुष २०७८, बुधबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका छन् ।
बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका हुन् ।

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनको भनाइ थियो । नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह गरे । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनले उल्लेख गरे ।

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने पनि चर्चा गरे। ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्दत पुर्याउँछ’, उनले भने, ‘विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टी ध्यान दिनुस् । विधि अनुकूल तपाईहरु अगाडि बढ्नुस् ।’

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७