प्रहरीको सई बनेर ठगी गर्ने पक्राउ


२९ पुष २०७८, बिहीबार
pakrau
फाइल फोटो

दाङ । दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जनालाई पक्राउ गरेको छ ।
घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही निवासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए ।

उनले सिआईबीको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको काफ्लेले जानकारी दिए । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी विरुद्ध ठगी मुद्धा दर्ता गरेर कानुनी कारबाही गरिने एसपी काफ्लेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७