पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको, श्रीमती घाइते


२९ पुष २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

पाल्पा । पाल्पामा श्रीमान-श्रीमती सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । निस्दी गाउँपालिकाको सिन्धुरेमा बुधबार लु ६ प १५२३ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा निस्दी-७ निवासी ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा गाहाकी श्रीमती नीरमाया घाइते भएकी छन् । सिन्धुरेमा किराना पसल सञ्चालन गर्दै आएका गाहा पत्नी नीरमायालाई लिएर मोटरसाइकलमा घर फर्किदै गर्दा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले जानकारी दिए । नीरमायाको टाउकोमा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७