उत्तर कोरियामा कृषि मलको चरम अभाव, मानव मलमुत्र प्रयोग गर्न आह्वान


२९ पुष २०७८, बिहीबार
63067895 016062506 1

सोल । उत्तर कोरियाले मुलुकमा बढ्दै गएको कृषि मल अभाव समस्या सुल्झाउन जनतालाई आफ्नै मलमुत्रबाट मल बनाउन प्रोत्साहित गरिरहेको छ । द डेली बिस्टकाअनुसार उत्तर कोरियाले आफ्नो नियमित बालीका लागि मलको स्रोतका लागि संघर्ष गरिरहेको छ ।

पहिलेदेखि खाद्यान्न अभावको समस्या भोगिरहेको उत्तर कोरियामा अहिले मलको एकमात्र विकल्पको रूपमा मानव मलमुत्र नै भएको डेली एनकेले जनाएको छ । विगतमा मलसहितका सामग्रीहरू चीनबाट आपुर्ति हुने गरेको थियो । तर, कोभिड महामारीका कारण उत्तर कोरियाले अहिले पनि चीनसँगको सीमाना बन्द गरेको छ । जनताले पनि धमाधम मलमुत्रबाट घरेलु मल बनाउन थालेको डेली एनकेले जनाएको छ । कोरियाली जनतालाई ४ देखि १४ जनवरीबीच प्रति परिवार १५० किलोग्राम र सरकारी कारखानाहरूमा कार्यरत कामदारकालाई पाँचसय किलोग्राम यस्तो मल उत्पादन गर्न आह्वान गरिएको छ ।

जनतालाई थप प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सो परिमाण बराबरको मल उत्पादन गर्नेहरूलाई विशेष पास उपलब्ध गराउने भएको छ । उनीहरूलाई मलको व्यापार गर्ने अनुमति दिइने छ । यसैगरी जनतालाई मल उत्पादन गर्ने यथेष्ट समय मिलोस् भन्ने उद्देश्यले उत्तर कोरियाली केन्द्रीय समितिले बजारमा दैनिक मल कारोबार समय पनि एक घन्टाले घटाएको छ ।

गत जुनमा सर्वोच्च नेता किम जोङ उनले ‘चरम खाद्यान्न संकट’को स्थिति घोषणा गरेका थिए । उनले गत सेप्टेम्बरमा कोरियाली जनतालाई समस्याको समाधान ल्याउन आह्वान गरेका थिए । अक्टोबरको सुरुमा संयुक्त राष्ट्र संघका एकजना विशेषज्ञले खाद्यान्न अभावको स्थिति अत्यन्तै नाजुक भएको बताएका थिए । सोही महिना रोयटर्सले खाद्यान्नको एउटा नयाँ विकल्पको रूपमा उत्तर कोरियाले कालो हाँसको उत्पादनलाई तीव्रता दिन थालेको जनाएको थियो । बिजनेस इन्साइडरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७