लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका युवकको मृत्यु


२९ पुष २०७८, बिहीबार
death

भक्तपुर । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्नका लागि लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७