ललिता निवास जग्गा प्रकरण : भीम रावलले गरे यस्तो आशंका


२९ पुष २०७८, बिहीबार
Bhim Rawal

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी मुद्दालाई सामसुम पार्न खोजिएको आशंका व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएको सम्बन्धमा उनले सन्देह व्यक्ति गरेका हुन् ।

बिहीबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के-केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’ उक्त प्रकरणमा राजनीतिक व्यक्तित्वसहित धेरैजनाको नाम मुछिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७