‘रेड कर्नर नोटिस’ जारी भएका मगर १७ वर्षपछि साउदीबाट पक्राउ


२९ पुष २०७८, बिहीबार
269857411 673147553843516 5487499609389841330 n

काठमाडौं । इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी भएका फरार उदयपुर बेलका नगरपालिका-६ का ४० वर्षका गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ गरेपछि सम्बन्धित कसूरमा कारवाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बुधबार नेपाल ल्याएको हो ।

मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति पाएर प्रहरीले उनीमाथि रेड कर्नर नोटिस जारी गरेको थियो । अदालतबाट अनुमति पाएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनीमाथी नोटिस जारी गरेको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७