कर्णालीका नाकामा कडाइ गरिँदै


२९ पुष २०७८, बिहीबार
1364137787Gourifanta Naka 1
फाइल फोटो

वीरेन्द्रनगर । कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि कर्णाली प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न थालिएको छ । भारतमा कोरोना संक्रमणको दर बढेपछि भारतबाट फर्किनेको संख्या पनि बढेको छ । योसँगै कर्णाली भित्रिनेको संख्यामा पनि वृद्धि हुन थालेपछि नाकाहरुमा कडाइ गर्न सुरु गरिएको स्वास्थ्य सेवा निर्देशनालयकर्णाली प्रदेशले जनाएको छ ।

नाकामा जाँचमा कडाइ गरिने भनिएतापनि अहिलेसम्म कर्णाली भित्रिने मुख्य नाका बबई नाकामा कोरोना परीक्षण र होल्डिङ सेन्टर स्थापना गरिसकिएको छैन । भारतबाट कर्णाली फर्किएकाहरु सोझै घर गइरहेका छन् । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले सरोकारवालासँग छलफल गरी नाकामा निगरानी बढाउन लागिएको जनाए । उनका अनुसार ज्वरो क्लिनिक तथा आइसोलेसन केन्द्र स्थापना गर्ने निणर्य भएको छ । ज्वरो क्लिनिकमा १ जना चिकित्सक, १ जना नर्स र १ जना प्यारामेडिकको व्यवस्थाको जिम्मा सामाजिक विकास मन्त्रालयले लिने सूचना अधिकारी केसीले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको लागि प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवालाई निरन्तरता दिने र यसका लागि अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिने निर्देशनालयले जनाएको छ । यस्तै, हरेक जिल्लामा पर्याप्त बेडसहितको कोभिड-१९ विशेष अस्पताल रहनेछन् । अस्पतालका लागि जनशक्ति, पर्याप्त उपकरणको व्यवस्थासहित आकस्मिक अवस्थामा रहेका संक्रमितलाई ओसारपसार गर्न चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निणर्य पनि सरोकारवालाको बैठकले गरेको छ ।

निर्देशनालयले नाकामा लक्षण देखिएका व्यक्तिहरु फेला परेमा एन्टिजेन विधिबाट परीक्षण गर्ने, सूचना व्यवस्थापनका लागि फोकल पर्स तोक्ने, चिकित्सक र नर्सिङको दरबन्दी कम भएको स्थानमा तत्काल जनशक्तिका लागि पहल गर्ने निणर्य गरेको जनाएको छ ।
कणर्ाली प्रवश गर्ने बबई नाकासहित सल्यानको कपुरकोट र पश्चिम सुर्खेतको कुइने नाका छन् । तर कुइने नाकाबाहेक अन्य नाकामा हेल्थ डेस्क स्थापना भएको छैन । निर्देशनालयका अनुसार कोरोना संक्रमणको दर पहिलेभन्दा बढेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कणर्ाली प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको बबई नाकामा दुई जना कर्मचारी खटाइएको छ । उनीहरुले संक्रमणको आशंका भएका व्यक्ति भेटिएमा सम्बन्धित स्थानीय तहमा खबर गर्ने सूचना अधिकारी केसीको भनाइ छ । ‘सरोकारवालाको बैठकले गरेको निर्णय मुख्यमन्त्रीसमक्ष पेस हुन्छ,’ उनले भने, ‘त्यसलगत्तै नाकाहरुमा के-कसरी कडाइ गर्ने भनेर प्रक्रिया थालिनेछ, सरकारको तर्फबाट पनि थप केही हुन सक्छ ।’ नाकाहरुमा यसअघि होल्डिङ सेन्टरको स्थापना गरी अन्य प्रदेश, भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई सेन्टरमा राख्ने गरिएको थियो ।

यसैबीच, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन कन्द्रको बैठकले पनि कोरोनाको नयाँ भेरिएन्टको संक्रमण जोखिम कम गर्न विभिन्न निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको वैठकले तत्काल सीमा नाकामा सतर्कता अपनाउने, स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने र जोखिम न्यूनिकरण गर्न सार्वजनिक स्थलमा निगरानी बढाउने लगायतका निणर्य गरेको छ ।

सोमबार बसेको बैठकले गरेका निणर्य अहिलेसम्म कार्यान्वयन भने हुन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी रिजालले शनिबारसम्म नाकामा स्रोत साधन परिचालन गरी जाँचमा कडाइ गरिने बताए । उनका अनुसार कणर्ाली भित्रिने नाकामा हेल्थ डेस्क स्थापना गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७