कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ


२९ पुष २०७८, बिहीबार
pestol
प्रतिकात्मक तस्विर

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियाँ छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हतियार ल्याएको सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सो हतियार बरामद गरेको हो । आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७