५४ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ६६ करोडको कारोबार


२९ पुष २०७८, बिहीबार
share

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (बिहीवार) ५४ अङ्कले बढेको छ । हिजो बुधवार ३० अङ्कले घटेको नेप्से आज ५४ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर तीन सय ४९ अङ्कले, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सको एक सय ७४, जलविद्युतको एक सय ५८ र विकास बैंक समूहको शेयर एक सय ४७ अङ्कले बढेको छ ।

आज दुई सय २४ वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावरको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै १० प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो र कणर्ाली विकास बैंकको शेयर नौ प्रतिशतभन्दा बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७