च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण


२९ पुष २०७८, बिहीबार
New Project 81642064387

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब च्यासल युथका रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारी कोभिड-१९ संक्रमित भएका छन् । जसका कारण उनीहरूले नवौँ चरणको खेल गुमाउने भएका छन् ।

च्यासल युथ आठौं चरणमा मनाङ-मर्स्याङ्दी क्लबविरुद्ध खेल्नका लागि पोखरा गएको थियो । पोखराबाट फर्किएपछि कमल र प्रदीप दुवै कोभिड-१९ संक्रमित भएको सहायक प्रशिक्षक आशिक थापामगरले बताए ।

‘पोखराबाट फर्किएपछि कमलको स्वास्थ्यमा असहज भयो भनेपछि कोभिड-१९ परीक्षण गरेका थियौँ । नतिजा पोजिटिभ आयो । प्रदीपको बुधबार परीक्षण गरेको उसको पनि पोजिटिभ नतिजा आयो’, सहायक प्रशिक्षक आशिकले भने, ‘अरू खेलाडी नियमित प्रशिक्षण गरिरहेका छन् । कमलको स्थानमा सागर थापाले खेल्ने छन् ।’

च्यासलले नवौँ चरणमा नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । आठौँ चरणको खेल सकिँदासम्म च्यासल पाँच अंकका साथ १३औँ स्थानमा छ । पुलिस भने सात अंकका साथ ११औँ स्थानमा छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथभन्दा दुई अंकले माथि हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७