मुख्यमन्त्री राईले गरे ‘होल्डिङ सेन्टर’ निरीक्षण


२९ पुष २०७८, बिहीबार
Rajendra holding centre scaled

मोरङ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले बिहीबार विराटनगर महानगरपालिका-१६ मा निर्माणाधीन ‘होल्डिङ सेन्टर’ र जोगबनी नाकाको अनुगमन गरेका छन् ।

भारतबाट आउँदा संक्रमण पुष्टि हुनेलाई ‘होल्ड’ गर्न बनाइँदै गरेको सेन्टरको निर्माण सुस्त भएको जनगुनासो बढिरहेका बेला राईले निरीक्षण गरेका हुन् । निरीक्षणमा मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सरकारी कर्मचारी थिए ।

मुख्यमन्त्री राईले निर्माणमा विलम्ब नगर्न र गति दिन निर्देशन दिए । विराटनगरमा एक हजारजना अटाउने होल्डिङ सेन्टर निर्माणाधीन छ । होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६९३ रुपैयाँ ९३ पैसा रहेको छ । मुख्यमन्त्री राईले जोगबनी हेल्प डेस्कसहित सीमा क्षेत्रमा पारिबाट आउने र नेपालबाट जाने प्रबन्धको विषयमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७