कर्मचारी समायोजन र भर्नासम्बन्धी दुई दर्जन मुद्दा ‘हेर्दाहेर्दै’ मा


२९ पुष २०७८, बिहीबार
sarbocha

काठमाडौं । कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षाहरूसँग जोडिएका मुद्दाको बिहीबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
पटक-पटक स्थगित मुद्दामाथि विहीबार सर्वोच्च अदालतका न्यायाधिश सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो।

लोकसेवा आयोग र कर्मचारी समायोजनसँग जोडिएका विभिन्न २४ थान मुद्दालाई एकै ठाउँमा राखेर बिहीबार सुनुवाई प्रारम्भ भएको थियो । सो मुद्दा नटुंगिदा लोकसेवा परीक्षाको अन्तिम नतिजा पर्खिएका विद्यार्थीहरु मारमा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७