धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन, को-को छन् ?


२९ पुष २०७८, बिहीबार
dhitopatra board sebon nepal oKi9dgiZkt

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थमन्त्रीको प्रेस संंयोजक गोविन्द रोक्काकाअनुसार डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याललले आवेदन दिएका छन् ।

यसअघि आवेदन दिएको आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यले भने यस पटक आवेदन दिएनन् । यसअघि आवेदन नदिएका खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज अधिकारीले यसपटक थप आवेदन दिए भने अन्य ११ जना यसअघि नै आवेदन दिएका हुन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकाले बर्खास्त गरेको थियो ।

त्यससँगै बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार १२ जनाले आगवेदन दिएका थिए । तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनः पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।

बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ भुषाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७