भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको आर्थिक सहयोग


२०७८ पौष २९ बिहीबार ०७:२० बजे

काठमाडौं, २९ पुस । मेगा बैंकले भक्तपुरको विभिन्न स्थानमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले केन्द्रीय कार्यलय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्लामा सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

उक्त समारोमा समितिका अन्य पदाधिकारीहरूको पनि सहभागिता थियो।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी जडानको लागि बैंकले आर्थिक सहयोग गरेको सिइओ अनुपमाले बताइन्।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७