लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै


३० पुष २०७८, शुक्रबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ । यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ ।

ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्को अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ । एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन् । यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सिसोन्केमा गरिएका अर्को अध्ययनले लक्षण नभएका बिरामीबाट ओमिक्रोन १६ प्रतिशतले सरेको देखिएको छ । यसअघि डेल्टा तथा बिटा भेरिएन्टको महामारीका बेला यो प्रतिशत २.६ थियो ।

‘सिसोन्के अध्ययनमा खोप लगाएका ५७७ जनामा परीक्षण गरिएको थियो । यसले खोप लगाएकाले पनि अत्यधिक रूपमा रोग सार्ने देखाएको छ,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘लक्षण नभएकाले रोग सार्न सक्ने देखिएका कारण यो भेरिएन्टको व्यापक प्रसारण भएको हुन सक्छ । दक्षिण अफ्रिकामा गत नोभेम्बरको अन्त्यतिर कोभिड-१९ को संक्रमण व्यापक रूपमा बढेको थियो । तर केही सातामै दक्षिण अफ्रिकामा नयाँ केस देखिने दर ह्वात्तै घटेको थियो । यसले यसअघिको भेरियन्टभन्दा ओमिक्रोन कम खतरनाक रहेको मानिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७