अफगानिस्तानमा तालिबानको डरले अंग्रेजी भाषाका शिक्षकहरू लुकेर बस्दै


३० पुष २०७८, शुक्रबार
Afghanstan Taliban1642094003

काबुल । अफगानिस्तानको हेलमान्ड प्रान्तमा बेलायती मूल्य मान्यता र अंग्रेजी भाषा सिकाउन खटिँदै आएका अफगान नागरिकहरूले कट्टरपन्थी इस्लामिक समूह तालिबानले बदला लिनसक्ने भयको कारण आफूहरू अझै लुकेर बसेको बताएका छन् ।

करिब एक सयजना ब्रिटिस काउन्सिलका पूर्व कर्मचारी अझै अफगानिस्तानमै छन् । उनीहरूलाई अझैसम्म पनि बेलायत आउने अनुमति दिइएको छैन । एक जना शिक्षकले आफूहरू बन्दी जस्तै भएर बसिरहेको बताएका छन् । अर्को एक जनाले आफूहरूसँग गुजारा चलाउने पैसा सकिनै लागेको पनि बताएका छन् ।

बेलायतको विदेश मन्त्रायले नयाँ योजना अन्तर्गत हजारौँ संख्यामा अफगानीहरूलाई बेलायत लगिने जनाएको छ । ती शिक्षक शिक्षिकालाई नयाँ अफगान नागरिक पुनर्वास परियोजनामा आवेदन दिन सल्लाह दिइएको छ । तर, गत अगस्टमा तालिबानले सत्ता हातमा लिए उनीहरूमध्ये अधिकांश लुकेर बस्दै आएकाछन् । दी ब्रिटिस काउन्सिल नामक सार्वजनिक निकायले विश्वभरि सांस्कृतिक र शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने काम गरिरहेको छ ।

ब्रिटिस काउन्सिलका प्रमुख कार्यकारिणी अधिकारी स्कट म्यकडोनाल्डले भनेका छन्, ‘हामीलाई हाम्रा पूर्व सहकर्मीहरू अहिले ठूलो खतरा मोलेर बसिरहेको वास्तविकता थाहा छ । तिनीहरू अफगानिस्तानमा रहेका बेलायतको प्रतिष्ठा हुन् ।’

अफगानिस्तानमै रहेर पनि तालिबान लडाकुहरूको आक्रमणको शिकार बनिने डरले उनीहरूले आफ्नो परिवारसँग पनि भेट्न सकिरहेका छैनन् । तालिबानी लडाकु अफगान राजधानी काबुलतर्फ बढ्न थालेपछि तत्कालीन राष्ट्रपति असरफ घानीसमेत विदेश पलायन भएका थिए । तालिबानको डरले मानिसहरूमा जसरी भएपनि अफगान भूमि छाड्ने होडबाजी नै चलेको थियो । यसैक्रममा उड्न लागेको विमानबाट खसेर एक अफगान पुरुषको मृत्यु भएको दुखद खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७