टिकटक स्टार बेल्लाले एक वर्षमै कमाइन् ५० लाख डलर


३० पुष २०७८, शुक्रबार
Bella1642093460

न्युयोर्क । २४ वर्षीया टिकटक स्टार बेल्ला पोर्चको इन्स्टाग्राममा झण्डै एक करोड ४३ लाख र टिकटकमा करिब ८ करोड ७३ लाख फलोअर छन् । उनले सामाजिक संजालमा ठूलो ठाउँ ओगटेकी छन् । टिकटकमा चार्ली डी एमेलियो र एडिसन रे पछि विश्वमै सबैभन्दा बढी फलो गरिएकी यिनी फिलिपिनी अमेरिकी हुन् ।

सन् २०२० को अगस्टमा चर्चित गायिका मिल्ली बिको गीत ‘एम टू दी बी’ को लिप-सिङ गरेको भिडियो भाइरल भएपछि उनको लोकप्रियताको भाग्य खुलेको हो । अनुहारको जटिल भावभंगी, शानदार फेसन र एनिमेटिड कार्टुनको जस्तो पहिरनको कारण उनको भिडियो अन्यका भन्दा पृथक सावित भएको हो ।

बेल्लाको पेजमा अधिकांश भिडियो लिप-सिङ र संगीतमय नयाँ तरिकाको नृत्यले भरिएका छन् । टिकटक स्टार बेल्लाले एसियाली-अमेरिकी समुदायको हकहित र अधिकारका लागि पनि आवाज उठाउने गरेकी छन् । वजनदार गायिका तथा गीतकार पनि रहेका बेल्लाले हालसालै आफ्नो पहिलो एकल गीतको भिडियो जेडएचसि, भाल्किरे, मिया खलिफा, डिना, सव अर्वन, ब्रेटम्यान रक, राखिम र लार्रे जस्ता लोकप्रिय इन्फ्लुएन्सरका साथ प्रस्तुत गरेकी छन् ।

अर्थ सम्बन्धी लोकप्रिय पत्रिका फोर्ब्सका अनुसार बेल्ला चार्ली डी एमेलियो, डिक्सिी डि एमेलियो र एडिसन रेपछि सबैभन्दा बढी पैसा कमाउने टिकटक स्टार हुन् । सन् २०२१ मोनक्लेर, गुगल, टिन्डर, एनवाइएक्स, कस्मेटिक्स र अन्य थुप्रै कम्पनीसँग आफ्नो लोकप्रिय हुँदै गइरहेको संगीत करियरको प्रायोजन सम्झौता गरेर उनले करिब पचास लाख अमेरिकी डलर कमाएकी छन् । फिलिपिन्समा जन्मेकी बेल्ला अमेरिकी जलसेनामा प्रवेश गर्नुअघि १३ वर्षको उमेरदेखि टेक्ससमा हुर्केकी थिइन् । याहुबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७